नेताहरुको निःशुल्क परिक्षण भएको कोरोना जनताले गर्न चाहेँ पैसा तिर्नु पर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ जेठ ।

सरकारले स्वेच्छिकरुपमा कोरोना परीक्षण गर्न सक्ने व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तोकिएका सार्वजनिक स्वास्थ्य संस्था मार्फत शूल्क तिरेर परीक्षण गराउन सकिने छ।

तोकिएको मापदण्ड र गोपनीयता कायम गर्दै तोकिएका सार्वजनिक स्वास्थ्य संस्था मार्फत कोरोना परीक्षण गराउन सकिने उनले बताए। यसले पीसीआर विधिबाट गरिने परीक्षण बढ्ने अपेक्षा गरिएको उनले बताए।

शूल्क भने संवन्धित स्वास्थ्य संस्थाले आफ्नो मापदण्ड अनुसार तोक्ने छन्।यस अघि नेताहरुको भने निशुल्क कोरोना परीक्षण गरिएको थियो ।

काठमाडौंको कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले कालिमाटी वृत्तमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरे । उनका अनुसार सई र जवानमा संक्रमण देखिएको हो ।

कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ ।
उनले दिएको जानकारी अनुसार अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।