झलनाथ र माधवले एमाले छोडेर प्रचण्डतिर गए हुन्छः गोकुल बास्कोटा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० बैशाख ।

एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्।केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो।

माधव नेपालसहितका नेताहरुलाई ओलीले एकलौटी रुपमा पेल्दै गएपछि नेपालसहितका नेताहरु नयाँ पार्टी गठनसम्मको अबस्थामा पुगेको आन्तरीक श्रोतले बताएका छन् । हामीसँग कुरा गर्दै माधव समुहका एक नेताले भने अब आलीको यो हदको व्यावहार सहेर बस्ने अबस्था छैन ।

नेपाली कम्युनिष्ट पार्टीको नाममा पार्टी दर्ता र उदाउदो सुर्यलाई निर्वाचन चिन्हको रुपमा दर्ता गरेर साना कम्युनिष्ट पार्टीहरुसँग एकताको तयारीसहित अगाडी बढ्नेसम्मको तयारीरहेको बताएका छन् ।

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन्।नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गरे।

नेपालले चाँडै पार्टी खोल्ने निश्चित भएको छ। नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका हुन्।खनाल–नेपाल समूहले चालेका कदमलाई हेर्दा खनाल–नेपाल समूह भिन्दै पार्टी गठनको तयारीमा रहेको बुझ्न सकिन्छ।