टिकटकका भइराल सृजन भट्टराईले अभिनय गरेको राष्ट्रिय गीत “कालापानी लिपुलेक” सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बिश्वास नेपालको राट्रिय गीत कालापानी (जुटौ जिल्ला जिल्ला ) सार्वजानिक भएको छ । कालापानी ( जुटौ जिल्ला जिल्ला ) गीतमा स्वर बिश्वास नेपालको रहेको छ भने बिश्वास नेपाललाई स्वरमा साथ दिएका छन बादल थापा र बिजय राहुले ।

गीतको शब्द राजेश नेपाल “बबिन“ले लेखेका हुन भने गीतमा संगीत तथा एरेन्ज गायक बिश्वास नेपालले भरेका छन । गीतकोमा प्रयोग गरीएका संवाद भने गौरब गिरीले लेखेका हुन ।

भिडियो निर्देशन कृष पण्डितले गरेका छन भने सम्पादन राजेश नेपाल बबिन ले गरेकाहुन गीतको छायांकन सुमन बैरागी पण्डितले गरेकाहुन भने गीतमा अभिनय बिश्वास नेपाल श्रीजन भट्टराइ, कृष पण्डित विजय राहु मगर दिलिप थापा मंगल बिक लगायतको देख्न सकिन्छ ।

गीत भारतले गरेको सीमा अतिक्रमणको विषयलाई लिएर बनाईएको छ । भारतले नेपाली भुमी लिपुलेक लिम्पियाधुरा हुदै मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालमा त्यसको सबैतिर बिरोध भैरहेको छ ।

केहिदिन अघिमात्रै नेपाल सरकारले नेपालिभुमी लिपुलेक र लिम्पयाधुरा सहितको नया नक्सा सार्वजानिक गरेको छ ।

हेराैं याे भिडियाे

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।