बुन्डेसलिगामा वायर लेभरकुजेनको सजिलो जित

हाम्रो सन्देश संवाददाता

काठमाडौं,६ जेठ ।

जर्मन बुन्डेसालिगामा वायर लेभरकुजेनले सहज जित हात पारेको छ। लेभरकुजेनले सोमबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई ४-१ गोलले पराजित गरेको हो।

लेभरकुजेनको जितमा काइ हाभर्टले २ गोल गरे भने वेइजर र डिमिर्बेले १-१ गोल सफल भए।

हाभर्टले २८ र ३३ मिनेटमा गरी दुई गोल गरे। वेइजरले ६८ र डिमिर्बेले ७२ मिनेटमा गोल थपे।

लिगमा लेभरकुजेन पाँचौ स्थानमा छ। उसले २६ खेलबाट ५० अंक जोडेको छ।

शीर्ष स्थानको वायर्न म्युनिखको ५८, दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको ५४, तेस्रो स्थानको बोरुसिया म्गाबाचको ५२ र चौथो स्थानको आरबी लेइपजिङको ५१ अंक छ।

कोरोना भाइरसपछि लिग गत शनिबारदेखि सुरु भएको थियो। यससँगै लिगका २६औं चरणका खेल सकिएका छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।