थप १८ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३ सय ७५ पुग्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौ,५ जेठ ।

बाँके नरैनापुरका १२ सहित नेपालमा थप १८ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। सोमबार साँझसम्म ३ सय ५७ रहेको संख्या बढेर ३ सय ७५ पुगेको हो ।

धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी एक पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबीस निवासी एक पुरुष छन्। त्यस्तै हालसम्म संक्रमण नभेटिएको तराईको सुनसरी जिल्लामा पनि एक जना संक्रमित फेला परेका छन्। त्यसैगरी झापाका एक थप एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका बताइएको छ । यससँगै सोमबार मात्रै नेपालमा ८० जना नयाँ संक्रमित भेटिएका हुन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।