शनिबार २४ घण्टामा कोरोनाले १९ को मृत्यु, ५७ सय ६ जना संक्रमित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ वैशाख ।

पछिल्लो २४ घण्टामा देशभर थप ५७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२ सय ८७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ८२ हजार ३८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ४३ हजार २१३ जना संक्रिय संक्रमित छन् । ६७ जना क्वारेन्टाइनमा छन् । ४० हजार १०३ जना होम आईसोलेसनमा रहेका छन् भने ३१ सय १० जना संस्थागत आईसोलेसनमा रहेका छन् । ४०१ जना आईसीयूमा र ११० जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ रहेको छ।

पछिल्ला दिनमा नेपालमा संक्रमण व्यापक बन्दै गएपछी सरकारले उपत्यकासहित विभिन्न २२ जिल्लामा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ ।

मन्त्रालयले संक्रमण व्यापक बन्दा अस्पतालमा शैय्याको अभाव भएकाले संवेदनशील बन्न अनुरोध गरिसकेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक गरेको अपीलमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।