आखिर किन देउवाले राष्ट्रपति भण्डारीलाई नमस्ते फर्काएन्न यस्तो छ कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न शुक्रबार संसद भवन प्रवेश गरिन् । संसदभित्र छिर्नेक्रममा उनले सबैलाई नमस्कार गरिन् । सांसदहरुले पनि नमस्कार गरे । नमस्कार गर्नु नेपाली संस्कृति पनि हो । सामान्यतः एकले अर्कोलाई सम्मान गर्न पनि नसम्ते गरिन्छ ।

जब राष्ट्रपति भण्डारी देउवा नजिक पुगिन्, उनले देउवातिर फर्किएर नमस्ते गरिन् । तर देउवाले हात उठाएनन् । उनी अगाडितिर हेरिरहे ।

नमस्तेको अर्थ

हामी जब एकअर्कोसँग भेट्दछौं, तब हामी नमस्ते भन्दछौ र नमस्ते गर्दछौं पनि । नमस्ते गर्दा सम्मानस्वरुप हल्का शीर झुकाउने प्रचलन पनि छ । नमस्ते गर्नु हाम्रो संस्कार र विश्वास नै भइसक्यो । तर सधैं गरिरहने नमस्तेको अर्थ हामीलाई थाहा नहुन पनि सक्छ ।

कोरोना महामारी सुरु भएपछि नमस्तेको महत्व झन् चुलियो । अंकमाल गर्ने र हात मिलाउने प्रचलनलाई नमस्तेले विस्थापन गरिरहेको छ ।

नमस्ते अथवा नमस्कारलाई संस्कृतमा विच्छेद गर्दा हामी पाउँदै यो दुई शब्द मिलेर बनेको हुन्छ, ती हुन्, ‘नमः+अस्ते’ । ‘नमः’ को अर्थ हुन्छ ‘झुक्नु’ र अस्तेको अर्थ हुन्छ ‘अहंकार वा अभिमानबाट भरिएको’ । यसको अर्थ हो ‘मेरो अहंकारले भरिएको शीर तपाईको सामुन्ने झुक्छ ।’

‘नमः’ को अर्को पनि अर्थ हुनसक्छ, ‘न’ + ‘म’ मतलब ‘मेरो होइन, सबै तपाईंकै’ । अध्यात्मको दृष्टिबाट यसलाई अर्थ लगाउन सकिन्छ, ‘एउटा मानिस अर्को मानिसको अगाडि अहंकार वा घमण्ड कम गरिरहेको छ ।’

नमस्ते गर्दा दुवै हात जोडेर एउटै बनाइन्छ । यसको अर्थ हो नमस्ते गरिसकेपछि दुवै व्यक्तिको दिमाग मिल्नेछ अथवा एउटै दिशामा हुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।