‘लकडाउन’को अवधि फेरि थप्ने तयारीमा सरकार, आज मन्त्रिपरिषद बैठक

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२ जेठ ।

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले लकडाउन फेरि गृहकार्य गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न बैठकमा लकडाउन थप्ने र प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

जनस्वास्थ्य विज्ञहरुसहितको समितिको बैठकमा लकडाउन थप्ने र प्रभावकारी त्यसको कार्यान्वयनमा विज्ञहरुले सुझाव दिएका छन् । भोलि बस्ने उच्चस्तरीय समितिको बैठकले सरकारलाई सिफारिस गर्ने समितिका एक सदस्यले जानकारी दिए ।

जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले लकडाउनको प्रभावकारी कार्यान्वयन, कोरोना परीक्षण अन्तरगत पिसिआर टेष्टको व्यापकता गर्नुपर्ने र कोरोना नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी कदम चाल्नुपर्नेमा विज्ञले सुझाव दिएका छन् ।

समितिको आजको बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान फर्किने अनुमति दिने निर्णय गेको समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए । उनले भने, ‘जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय गरिएको छ ।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।