पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन अनुमति

हाम्रो सन्देश संवाददाता

जेठ,१ काठमाडौं ।

गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं आउन पास नदिने भएको छ ।

पूर्वराजा र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउने पास नदिइने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार झापा जिल्ला प्रशासन कार्यालयले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए।

पास खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको हो।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन गरेका थिए।

गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ। मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहले जनाएको छ।

तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको भनाइ छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।