पारस शाह र हिमानीकी छोरी पूर्णिकाले भनिन्, ‘ड्रिम ब्वाइ’ भेटिसकेँ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मुलुकमा राजतन्त्र छैन । राजतन्त्रको अन्त्य भएको एक दशक नाघिसक्यो । तर, पूर्वराजपरिवारका सदस्यप्रतिको आममानिसको चासोमा भने कमि आएको छैन । पूर्वराजपरिवारका सदस्यहरुप्रति आममानिसको चासो र उनीहरुका गतिविधिको फलोअप गरिरहेका छन् ।

विशेषगरी पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाहप्रति चासो भइरहेका बेला पछिल्लो समय पारस र हिमानीका छोरा हृदयेन्द्र शाह र जेठी छोरी पूर्णिका शाहप्रति पनि चासो बढ्न थालेको देखिन्छ ।

थाइल्यान्डमा इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत १९ वर्षीषा पूर्णिका शाहलाई सामाजिक सञ्जालमार्फत धेरैले पछ्याएका छन् । उनी पनि आफ्ना तस्बिर र स्टाटसहरु अपडेट गरिरहन्छिन् । हालै फलोअर्सहरुसँगको अन्तक्रियाका क्रम राखिएको जिज्ञासामा पूर्णिकाले आफ्नो ड्रिम ब्वाइ भेटिसकेको जवाफ दिएर आफू प्रेममा रहेको संकेत गरेकी छन् । जसको निकै चर्चा भइरहेको छ ।

निजी जीवनसँग सम्बन्धित रहेर प्रश्न गर्न सकिने टिनएजका केटीहरूमा लोकप्रिय रहेको वेबसाइट ‘qooh.me’ मा अकाउन्ट खोलेकी पूर्णिकाले आफ्नो फलोअर्सका जिज्ञासाको उत्तर दिनेक्रममा सो बताएकी हुन् । सोही वेबसाइटमा एक प्रश्नकर्ताले पूर्णिकालाई सोधेका छन्, ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ सरल, सभ्य भाषा र शैलीमा जवाफ दिएकी पूर्णिकाले भनेकी छन्, ‘‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’

विभिन्न प्रश्न र जिज्ञासाको उत्तर दिएकी पूर्णिकाले आफ्नी आमा हिमानीलाई प्रेरणाको स्रोतको रुपमा बताएकी छन् । आमा हिमानी ठूलो शक्ति तथा तनाव र दबाबको सामना गर्न सिकाउने प्रेरणाको स्रोत रहेको पूर्णिकाले बताएकी छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।