मध्यरातमा श’क्ति’शाली भू’कम्पको ध’क्का, केन्द्रबिन्दु दोलखा

हाम्रो सन्देश संवाददाता

वैशाख,३१ काठमाडौं ।

भर्खरै देशका भिभिन्न भागमा भुकम्पको घक्का महसुस भएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ११:५३ बजे दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। काठमाडौँ उपत्यका, चितवन, पोखरा, झापा लगायतका धेरै भागमा कम्पन महसुस गरिएको छ ।

दोलखाको जुगु केन्द्रविन्दु रहेको यो ताजा धक्का 5.3 ML (५.३ लोकल म्याग्निच्युड, ५.० मोमेन्ट म्याग्निच्युड)को रहेको थियो । काठमाण्डौ उपत्यकामा आज धेरै समयपछि यत्ति शक्तिशाली भूँईचालो महशुस गरिएको हो । यो कम्पन नयाँ भूकम्प हो अथवा २०७२ वैशाख १२ को महाविनाशकारी भूकम्पकै अर्को पराकम्प हो भन्ने कुरा खुल्न सकेको छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।