‘एम्बुलेन्सबाट काठमाडौं आएका बिरामी अस्पताल नगई सिधै कोठामा : सिंह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० बैशाख ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एम्बुलेन्सबाट राजधानी भित्रिएका बिरामी अस्पताल नगएर सिधै कोठामा जाने क्रम बढेको भन्दै यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा काठमाडौं १ का सांसद सिंहले अस्पताल जान भनेर जिल्लाबाट हिडेका बिरामी अस्पताल नगई सिधै कोठामा जाँदा काठमाडौंमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै उनले चिन्ता जनाए ।

‘केही दिन यता राजधानी काठमाडौंमा विभिन्न जिल्लाबाट एम्बुलेन्समा आएका बिरामी अस्पताल नलगी डेरामा लडेर छाड्ने क्रम बढेको छ । यहाँको बाक्लो बस्ती र जनघनत्व संवेदनशील भएका कारण यसलाई रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु,’ सांसद सिंहले भने ।

नेमकिपाका प्रेम सेवालले कोरोना रोकथान गर्न सीमानामा निगरानी बढाउन तथा काठमाडौं उपत्यकाबाट आवज जावतमा रोक लगाउन सरकारसँग माग गरे ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।