उपत्यका बाहिर गएकालाई परीक्षण नगरी घरमा प्रवेश नगराउन वडाको निर्देशन

हाम्रो सन्देश संवाददाता

वैशाख,२९ काठमाडौं ।

काठमाडौंमा कोरोना भाइरस परीक्षणपश्चात मात्रै घरबहालमा बस्‍नेलाई घरभित्र प्रवेश गराउन सूचना जारी भएको छ। लकडाउनका बेला बाहिर गएकालाई कम्तिमा ८ दिन क्वारेन्टाइन बस्न लगाई आरडीटी परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएपछि मात्रै घरमा प्रवेश गराउन सूचना जारी भएको हो।

संक्रमितको संख्या बढ्दै गएको समयमा उपत्यकाबाहिरबाट मानिस आउने क्रम बढेसँगै यस्तो सूचना जारी भएको हो। काठमाडौका अधिकांश टोल र वडा कार्यालयले सूचना एवं माइकिङमार्फत घरधनीलाई सचेत गराउँदै आएका छन्। काठमाडौको ओम बहाल नजिकै टोलमा नि. स्थानीय बासिन्दा २३ वडाको नामबाट जारी सूचनामा कसैबाट सूचनाको परिपालन नभएमा वा कुनै समस्या परेमा वडा कार्यालयमा जानकारी गराउनुहुन अनुरोध गरिएको छ।

केही दिन अगाडि चन्द्रागिरी नगरपालिका वडा न १५ ले घरधनीहरुलाई आफ्नो घर बहालमा बसेका सबैको कोरोना परीक्षण गराएर मात्र घरमा प्रवेश गर्न दिन निर्देशन दिएको थियो । कुनै पनि घरबेटीले परीक्षणको रिपोर्टका बारेमा जानकारी नगराएमा आवश्यक कारवाही समेत गरिने जनाइएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनामा कपिलवस्तुका १० जनामा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएको पुष्टि भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।