प्रहरीलाई मु’क्का हा’न्ने चिनिया नागरिक भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर

हाम्रो सन्देश संवाददाता

वैशाख,२८ काठमाडौं ।

शुक्रबार नेपाल सरकारले घोषणा गरेको लकडाउनको उ’लंघन गर्दै सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा परेका चिनिया नागरिकहरुमध्ये एक जना नेपालस्थित भिभो मोबाइलका कन्ट्री म्यानेजर रहेका खुलासा भएको खबर न्युज २४ नेपालमा छ ।

३२ वर्षीय गेभिन नाम गरेका ती व्यक्ति सहित करिब ५०जना चिनिया नागरिकहरुले सिंहदरबारको मुलगेट अगाडि आफ्नो देश फर्कन पाउनु पर्ने भन्दै प्र’दर्शन गर्ने क्रममा प्रहरी माथि अ’भद्र व्यवहार समेत गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी माथि अ’भद्र व्यव हार गरेपछि भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिन सहित चार चिनियाँ नागरिकलाई नि’यन्त्रणमा लिइएको छ ।

प्रदर्शनका क्रममा ‘कन्ट्री म्यानेजर’ गेभिनले एक जना प्रहरी नायव निरीक्षकको बर्दीमा मातेर तानेका थिए, भने अरु प्रहरी माथि पनि जा’ई लागेका थिए । यसै क्रममा डीएसपी हरि बहादुर बस्नेतलाई समेत र’ग’ताम्य हुने गरी कु’ट’पिट गरेका थिए । ३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हि’रासतमा राखिएको छ, भने अन्य दुई जनालाई सिंहदरबार बृत्तको हि’रासतमा राखिएको जानकारी गराइएको छ । उनीहरु माथि अ’भद्र व्यवहारमा मु’द्दा चलाइने जानकारी गराइएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।