सुनसरीबाट काठमाडौं हिडेका ११ जना पाकिस्तानी नागरिकलाई सिन्धुलीबाटै फर्काइयो

हाम्रो सन्देश संवाददाता

बैशाख, २८ सिन्धुली ।

सुनसरीबाट बिपि राजमार्ग हुदै काठमाडौँ हिँडेका ११ जना मुस्लिम पाकिस्तानी नागरिकलाई सिन्धुलीबाटै फर्काइएको छ ।

उनीहरु सुनसरीबाट सवारी पास लिएरै आएका थिए । माइक्रोबसमा सिन्धुलीको विपि राजमार्ग हुँदै सुनकोसी गाउँपालिकाको नेपालथोक सम्म पुगेका थिए ।

सवै प्रक्रिया पुरा गरेको भएकाले भिमान चेकपोष्टबाट उनीहरुलाई काठमाडौं जान दिइएको थियो । तर पछि सुनसरीले दिएको पासलाई रद्द गर्ने निर्णय भएपछि उनीहरुलाई नेपालथोकबाट सोही माइक्रोबसमा सुनसरीनै फर्काईएको सिन्धुली प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले जानकारी दिनुभयो ।

“उनीहरु केन्द्रबाट सेटिग मिलाएर आएको बुझिएको छ । उनीहरु आफ्नो देश पाकिस्तान जान हिडेको थिए । तर परराष्ट मन्त्रालयले पास नपठाएपछि उनीहरुलाई फिर्ता गरिएको हो” उहाँले भन्नुभयो ।

भिमानमा चेकजाँच गर्दा सुनसरीमा १६ दिन क्वारेन्टाइनमा बसेको प्रमाण पत्र, पिसिआर लगाएतका कोरोना जाँच गर्दा नतिजा कोरोना पुष्टि नभएका स्वास्थ्य जाँच प्रमाण पत्र लगाएत सवै आवश्यक कागजात पुरा भएपछि भिमान चेक पोष्टबाट उनिँहरुलाई काठमाडौं जान दिईएको थियो ।

तपाईंलाई यो पोस्ट पढेर कस्तो महसुस भयो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।