भोलीदेखी सवारी साधन सञ्चालनमा कडाइ, कार्यालय आउने जाने समय तोकियो

हाम्रो सन्देश संवाददाता

वैशाख,२७ काठमाडौं ।

लकडाउन केही खुकुलो पारिएपछि उपत्यकामा गुड्ने सवारी साधनका लागि ट्राफिक प्रहरीले समय तोकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सरकारले सञ्चालन अनुमति दिएका उद्योगधन्दा, विकास निर्माण र सेवा क्षेत्रका गाडीका लागि समय तोकिएको हो । महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार निर्माण सामग्री बोकेका ठूला सवारी साधन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गुडाउन पाइने छ ।

त्यसैगरी, सरकारी र बैंक, वित्तीय संस्थाका गाडीलाई विहान ९ देखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्नुपर्ने गरी समय तोकिएको छ । बैंक, वित्तीय संस्थाका गाडी बेलुका ३ देखि ५ बजेसम्म घर फर्कनुपर्नेछ । सरकारी कर्मचारीलाई घर फर्किने समय साँझ ५ देखि ६ बजे तोकिएको छ ।

खाद्यान्न, तरकारी, फलफूल जस्ता अत्यावश्यक सामग्री बोकेका सवारी साधन विहान १० बजेसम्म गुड्न पाउनेछन् ।
सरकारले तोकेका ४२ प्रकारका उद्योग तथा सेवासम्बद्ध सबै सवारी साधन भने गुडाउन नपाइने बताइएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।