लकडाउनका बेला सिंहदरबार पुगेर प्रहरीमाथी आ’क्रमणमा उत्रिने बारे चीन सरकारले मुख खोल्यो

हाम्रो सन्देश संवाददाता

वैशाख,२७ काठमाडौं ।

लकडाउनको समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आ क्रमण गरेपछि पक्राउ गरिएको चिनियाँ नागरिकबारे चीनले आफ्नो धारणा व्यक्त गरेको छ । सिंहदरबार अगाडिबाट शुक्रबार साढे ३ बजे करीब ४५ चिनियाँलाई पक्राउ गरिएको थियो । सिंहदरबार आएर प्रहरीमाथि नै आ क्रमण गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरुले प्रहरीको लाठी खोसेर प्रहरीलाई नै हि र्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरुमाथि लाठी हा नेको थियो । ला ठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित नेपाल प्रहरीका पाँच र ६ चिनियाँ घाइते भएका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।

अब यस प्रकरणमा नेपालस्थित चिनियाँ दूतावासले मुख खोलेको हो । चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावाससँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छ । प्रहरीमाथि हा तपा त गर्ने चार जनाविरुद्ध मुद्दासमेत लगाउने तयारी भएको छ । प्रवक्ता लुअनका अनुसार चिनियाँ पक्षले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्नु पर्ने भन्दै आइरहेको छ ।

प्रवक्ता लुअनले नेपाल अहिले कोभिड–१९ का कारण लकडाउनलाई कार्यान्वयनमा गर्ने अवस्थामा रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यो परिस्थितिमा यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक सहकार्य गर्न भनेको छ । दुतावासले अनावश्यक कुरालाई छाडी अन्तर्राष्ट्रिय हवाई उडान नखुल्दासम्मको अवस्थासम्म चिनियाँ नागरिकलाई पर्खन अपिल गरेको छ । चिनियाँ दूतावासले नेपाली पक्षलाई चिनियाँ नागरिकको वैधानिक अधिकार र हितको रक्षा गर्न पनि आग्रह गरेको छ ।

दूतावासले नेपालमा धेरै संख्यामा चिनियाँ नागरिक अड्किएका कारण चीनले अस्थायी उडानको व्यवस्था गर्दै समस्या परेका करिब ३ सय ४० चिनियाँलाई यसअघि पठाइसकेको पनि स्पष्ट पारेको छ । दुतावासले उद्धारमा सहयोग गरेको भन्दै परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, अध्यागमन विभाग, भन्सार विभाग, नेपाल पुलिस र अन्य सहयोग गर्ने विभागहरुलाई पनि धन्यवाद दिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।