सिंहदरबारबाहिर चिनियाँ नागरिक र प्रहरीबीच झडप डिएसपी घाइते, ३८ पक्राउ

हाम्रो सन्देश संवाददाता

वैशाख,२७ काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन्।शुक्रबारदेखि सुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति देउवाले कोरोनाभाइरस महामारीको विषम परिस्थिति सरकारले महामारीसँग लड्ने कुनै योजना र रणनीति नबनाएको बरू भष्टाचार र सांसद अपरहणजस्ता कुरामा संलग्न रहेकाले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको कांग्रेसले ठहर गरेको बताएका हुन्।

‘नेपालमा कोरोनाको पहिलो संक्रमित देखिएको महिनौं बित्दा पनि आजसम्म व्यापक परीक्षण भइसक्नुपर्नेमा अत्यन्त न्यून संख्यामा परीक्षण भइरहेको छ, परीक्षण सामग्रीको विश्वसनीयतामा प्रश्न उठेको छ,’ देउवाले भने,‘विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारको कुनै योजना छैन। कोरोनाका कारण विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक असरको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन। यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचार सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र भावनाका विपरित कुरामा व्यस्त हुनु, सांसदको अपहरण हुनुजस्ता अपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैनन्।’उनले यी कुराहरूलाई आफ्नो पार्टीले निकै सुक्ष्म ढंगले हेरिरहेको र सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको बताए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।