पूर्णिका प्रेममा ! भनिन मैले मेरो सपनाको राजकुमार भेटिसके (भिडियो हेर्नुहोस)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् ।पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् ।

भिडियो हेर्नुहोस

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।