सुहाना थापाको जन्मदिन आज , वास्तविक उमेर कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको सुपुत्री रहेकी नायिका सुहाना थापाको जन्मदिन बैशाख २६ गते (आज) परेको छ । सबैभन्दा कम उमेरमै नेपाली फिल्ममा चर्चामा रहेकी नायिका मध्ये उनी एक हुन् ।

उनले न त अरु कलाकारले जस्तै संघर्ष गर्नु पर्यो । न कुनै कक्षा वा ट्रेनिङ नै । परिवारमा आमा र बुबा लगातार फिल्ममा सक्रिय रहँदै आएका कारण पनि सुहाना विस्तारै फिल्ममा मोडिएकी हुन् । आफ्नो पढाईलाई निरन्तरता दिन प्लस टु पछि अष्ट्रेलिया पुगेकी उनको चाहाना शुरुमा फिल्ममा आउने थिएन ।

तर विस्तारै पारिवारीक रमझमका कारण फिल्मी प्रति उनको मोह बढेको बताईन्छ । आमा र बुबाले पनि उनी फिल्ममा आए हुन्थ्यो भन्ने सोच राख्ने गरेको उनले एक अन्र्तवार्तामा भनेकी थिईन् । नायक अनमोल केसीसँग स्क्रिन सेयर गर्न मन लागेपछि उनले आफ्नै होम प्रोडक्शनको फिल्म ‘ए मेरो हजुर ३’ बाट रजटपटमा डेब्यु गरेकी हुन् ।

तर, सुहानालाई काम गर्न त्यति सजिलो र स्वतन्त्रता भन्ने छैन । उनले तत्कालका लागि होम प्रोडक्शन भन्दा बाहिर काम गर्न पाउने छैनन् । होम प्रोडक्शनमै निर्माण भएका फिल्महरु नै उनको लागि विशेष हुने गरिन्छ । अभिनय औसत गर्ने गरेको दर्शकहरुको प्रतिक्रिया उनी माथी छ ।

डेब्यु फिल्मबाटै उडाएकी सुहाना होम प्रोडक्शनकै फिल्म ‘ए मेरो हजुर ४’ मा व्यस्त छिन् । लकडाउनको कारण हाल फिल्मको सुटिङ रोकिएको छ । उनै सुहानाले जन्मदिन मनाईरहँदा उनी कति उमेरको भईन् भन्ने दर्शकलाई जिज्ञासा भएको देखिन्छ ।

उनले मिडियामा भन्ने आफु १९/२० बर्षको बताएकी छिन् । तर उनको वास्तविक उमेर २३ रहेको छ । हुन त नेपाली फिल्ममा कलाकारले उमेर लुकाउनु कुनै नौलो कुरा होईन । विशेष गरि नेपाली फिल्मका नायिकाहरुले आफ्नो उमेर कम भन्दै आईरहेको देखिन्छ । सुहानालाई फिल्मी फण्डाको तर्फबाट पनि जन्मदिनको उपलक्ष्यमा सफलताको शुभकामना ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।