आखिर किन टाढिए पारस साेनिकासँग, कारण यस्ताे रहेछ

हाम्रो सन्देश संवाददाता

अचेल पारस शाह घरिघरि वि*वादमा अाउने गरेका छन् । सामाजिक सँजालमा उनकाे निकै चर्चा पनि हुने गरेकाे छ ।लकडाउनको कारण पोखरामा फसेका पूर्व युवराज पारस शाह तेश्रोचोटि फेरि हृ*दयाघातको शि*कार भएको खबर झूठो सावित भएकाे छ ।

उनकाे हृ*दयघातकाे खबर चलेकाे हल्ला मात्रै फैलिएकाे प्रस्ट भएकाे छ । हिजो रातभर र दिनभर ताल किनारको होटलमा चुल्हो चौको जोडेर खुशियालीमा भयँकर पार्टी चलेकाे थियो । हिजो मध्यरात १२ बजेर ३६ मीनेट जाँदा BREAK Up finally, free at last भनेर FB मा पोस्ट गरेका थिए । पछिल्लो समयमा उनकाे परिवारसँग सम्बन्ध चिसिएकाे कुरा पटकपटक मिडियामा अाएकाे थियाे ।

युट्युबमा सोनिका रोकायासङ्ग लिभिङ्ग टुगेदरमा रमाउदै आएका पारसको आफ्नो घरपरिवारसङ्ग राम्रो सम्बन्ध छैन। छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिका हुर्किसकेको अवस्थामा उनले चाहेर पनि पत्नी हिमानीसङ्ग कानूनी रूपमा छुट्न सम्भव छैन । बरु सोनिकासङ्ग भने सम्पूर्णतस् अलग भएको खु*लासा उनी आफैले गरेका छन् । पछिल्लाे समयमा उनकाे सम्बन्ध विच्छेदकाे हल्ला पनि चलिरहेकाे छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।