भारतमा एकैदिन १७५ जनाले ज्यान गुमाए, झण्डै ४ हजार नयाँ संक्रमित फेला

हाम्रो सन्देश संवाददाता

वैशाख,२३ भारत ।

भारतमा कोरोना भाइरसबाट एकैदिन अहिलेसम्मकै उच्च संक्रमण र उच्च मृत्यु पगेको छ । २४ घण्टाको अवधिमा भारतमा १७५ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ६५६ जना संक्रमित भएका छन् । यो अहिलेसम्मकै उच्च हो ।

संक्रमितको संख्या ४६ हजार ४३७ भएको छ । सोमबार महाराष्ट्रमा १५६७, तमिलनाडुमा ५२७, गुजरातमा ३७६, दिल्लीमा ३४९, राजस्थानमा १७५, उत्तरप्रदेशमा १२१ र मध्यप्रदेशमा १०५ जना संक्रमित भेटिएका हुन् ।

नेपालसंग जोडिएको राज्य बिहारमा २४ घण्टामा ११ जना थपिएका छन् । संक्रमितको संख्या ५२८ पुगेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।