सुनको मुल्य लकडाउन अवधिभरमा यस्तो छ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ बैसाख ।

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७६,९९९.९० हजार तोकेको छ ।

बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १५ सयले गिरावट आउँदै ७५ हजार रुपैँयामा कारोबार भएको हो ।

तेजावी सुनको मूल्य पनि घटेर ७६ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले घटेर ७२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

लकडाउन यता सुनको मूल्य :-

Gold Hallmark – tola ( छापावाल सुन )Nrs. 76,999.90

Gold Tajabi – tola ( तेजाबी सुन )Nrs. 76,702.46

Silver – tola ( चाँदी )Nrs. 720.25

Gold Hallmark – 10g ( छापावाल सुन )Nrs. 66,015.00

Gold Tajabi – 10g ( तेजाबी सुन )Nrs. 65,760.00

Silver – 10g ( चाँदी )Nrs. 617.50

यो पनि हेर्नुस्

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।