नेपालमा कोरोना मुक्त भई घर गएका युबक फेरी आइसोलेसन वार्डमा भर्ना

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ बैसाख ।

रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युबकमा वैशाख १ गते कोभिड १९ पोजेटिभ देखिएको पछि उनलाई वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । भर्ना गरिएको केहि समय पछि उनलाई डिस्चार्ज गरिएको थियो।

वैशाख १३ गते राति टेकु प्रयोगशालाको रिपोर्टको आधारमा उनीसंगै नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटतका ती युवक कोरोना निको भयो भनेर वैशाख १४ गते एम्बुलेन्समा घर गएका थिए ।

तर अचानक उनको स्वास्थ्यमा समस्या देखिएपछि युवकलाई नेपाली सेनाको टोलीले रौतहटबाट फेरी वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायको अनुसार युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको जानकारी दिए ।

यो पनि हेर्नुस्

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।