पाल्पाबाट चुनाव लड्ने बामदेव गौतमको तयारी !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पाल्पाबाट चुनाव लड्ने सहमति गरेका छन् । सचिवालय बैठकअघि शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा उनले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने सहमति गरेर भैँसेपाटी गठबन्धन तोडेका थिए ।

समतिका लागि नेकपा महासचिव विष्णु पौडेलले पाल्पा-१ बाट प्रतिनिधित्व गर्ने सांसद दलबहादुर रानालाई राजीनामा गर्न मनाएका छन् । यो सबै प्रक्रियामा महासचिव पौडलले भूमिका खेलेका स्रोतको दावी छ ।

महासचिव पौडेलको पहलमा ओलीसँग नयाँ सहमति गरेर गौतमले सचिवालय बैठकमा ओलीलाई समर्थन गरेका हुन् । तत्कालको संकट ओलीको तर्फबाट महासचिव पौडेलले टारेका एक सचिवालय सदस्यले बताएका छन् ।

पाल्पा प्रतिनिधिसभा क्षेत्र नं १ मा तत्कालीन नेकपा एमालेका दलबहादुर रानाले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय घिमिरेलाई ८ हजार ५ सय ५६ मतले पराजित गरेका थिए ।

रानाले ३२ हजार ५ सय ४९ मत प्राप्त गरेका थिए भने घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका थिए । पाल्पा प्रतिनिधिसभा क्षेत्र नं २ मा तत्कालीन नेकपा एमालेका सोमप्रसाद पाण्डे सांसद छन् ।

यो पनि हेर्नुस्

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।