वैशाख २५ पछि लकडाउन यस्तो हुने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ बैशाख ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गर्नुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको शुक्रबारको बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गर्नुभयो ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाव आइरहेकाले उल्लेख गर्दै उहाँले यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुरालाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँको भनाई छ । कारोनाका कारण दीर्घरोगी र अन्य विरामी अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो ।

‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ, अब सहजीकरण गर्दै जानुपर्छ’ उहाँले भन्नुभयो, ‘कृषि, उद्योग धन्दा अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउनुपर्छ । कोरोना कोरोना भनेकै कारण दीर्घरोगी अस्पतालको सेवाबाट बञ्चित हुने, लक डाउनका कारण घरमा विरामी भएन भने अस्पतालसम्म पु¥याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’

मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्याउन आदेश जारी गरेपछि सरकारले घर पु¥याउने नीति अवलम्बन गरेको उहाँले खुलाउनु भयो । बाटोमा अलपत्र परेकालाई सुरक्षित घर पुर्याइएको र आरडिटी परीक्षण जारी रहेको उहाँले बताउनुभयो । मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको उल्लेख गर्नुभयो ।

कमेडी हेरेर हाँस्ने हैन त साथीहरू !!

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।