रहेनन् मशहुर अभिनेता ऋषि कपुर

हाम्रो सन्देश संवाददाता

१८ वैशाख, काठमाडौं । बलिउडले अर्का अभिनेता पनि गुमाएको छ। ६७ वर्षको उमेरमा ऋषि कपुरको निधन भएको छ।

काठमाडौं। बलिउडले चर्चित अभिनेता इरफान खानलाई गुमाएको भोलीपल्टै अर्का मशहुर अभिनेतालाई गुमाएको छ।

दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका चर्चित अभिनेता ऋषि कपुरको आज निधन भएको छ।

६७ वर्षको उमेरमा उनको निधन भएको ‘टाइम्स नाव’की ग्रुप सम्पादक नविका कुमारले जनाएकी छन्। “ऋषिकी पत्नी नितु कपुरले मलाई फोन गरेर निधन भएको जनाइन्”, उनले भनेकी छन्।

त्यस्तै अभिनेता अमिताभ बच्चनले पनि ट्वीट गर्दै ऋषिलाई श्रद्धाञ्जली दिएका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।