ओलीलाई चुनौती दिन दाहाल-नेपालले पनि सुरु गरे हस्ताक्षर अभियान

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन बालुवाटारमा हस्ताक्षर अभियान चलाएपछि त्यसलाई चुनौती दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पिन त्यही अभियान थालेका हुन्।

आफ्नो समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई बुधबार दिउँसो बालुवाटारमा बोलाएका ओलीले त्यहीँ हस्ताक्षर अभियान चलाएका हुन्। ओली समुहमा ७८ सांसद रहेकोमा स्रोतका अनुसार ओलीलाई साथ दिन हालसम्म ९२ जना सांसदले हस्ताक्षर गरिसकेका छन्।

बुधबार साँझ सचिवालय बैठक बस्‍ने भएपछि ओ‌लीले आफ्नो पक्षमा बहुमत रहेको सन्देश दिन खोजेका हुन्। उनको पक्षमा हस्तक्षर गषरेर साथ दिन जीवराज आश्रित पत्नी माया ज्ञवाली र रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई पनि बालुवाटारमा बोलाइएको थियो। स्रोतका अनुसार ओलीले चलाएको हस्ताक्षर अभियानसँगै नेकपा उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा गौतम पनि बालुवाटार पुगेकी छन्। वामदेव आफू भने बालुवाटार नगइ पत्नीलाई पठाएर ओलीलाई सन्देश दिन खोजेको बताइन्छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।