उल्का पिण्ड पृथ्वीबाट करिब ६४ लाख किलोमिटर पर खस्ने नासाको अनुमान

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अबको ४८ घण्टामा एउटा खतरनाक घटनाक्रम आकाशमा देखिन सक्ने जनाएको छ। कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेको विश्वको अगाडि नयाँ समस्या आउँने पो होकी भन्दै केही वैज्ञानिकले आशंका समेत व्यक्त गरेका छन। नासाका अनुसार एस्टेरोयड (क्षुद्रग्रह) पृथ्वी नजिकै आएर खस्न लागेको छ। एस्टेरोयड (52768) 1998 OR2 नाम दिइएको यो तारा पृथ्वीबाट करिब ६४ लाख किलोमिटर पर खस्ने नासाको अनुमान छ। तर, यदि दिशामा थोरै परिवर्तन भएमा खतराको सम्भावना बढी छ। अन्तरीक्ष विज्ञानमा यो दूरी धेरै मानिदैन्। र कम पनि हैन्। यदि यो उल्का पिण्ड पृथ्वीमा खसेर कुनै बस्तुसँग ठोक्किए ठूलो दुर्घटना हुनसक्छ । खतरनाक ठानिएको यो एस्टेरोयड यसै हप्ता झरिसक्ने छ। र खुशीको कुरा यो छ की यो पृथ्वीमा ठोक्किने छैन।

विश्वको अग्लो चुचुरो सगरमाथाभन्दा कयौँ गुणा ठूलो रहेको भनिएको यो एस्टेरोयड अप्रिल २९ सम्ममा पृथ्वीभन्दा टाढा खस्ने बारे नासाले डेढ महिना अघिनै खुलासा गरेको थियो। नासाका अनुसार एस्टेरोयडको तिब्रता ३१ हजार ३ सय १९ किलोमिटर प्रतिघण्टा रहेको छ अर्थात करिब ८८२ किलोमिटर प्रति सेकेण्ड छ। पृथ्वीबाट टाढा खस्ने भएकाले डराउनुपर्ने अवस्था नरहेको नासाका वैज्ञानिकहरुको भनाई छ। यो उल्का पिण्डलाई नासाका वैज्ञानिकले सबैभन्दा पहिले सन् १९९८ मा देखेका थिए। यसको ब्यास करिब ४ किलोमिटरको छ। यो तारा अप्रिल २९ मा पृथ्वी नजिक खस्ने अनुमान गरिएको छ।

खगोदविद्का अनुसार यस्ता उल्का पिण्ड हरेक एक सय वर्षमा ५० हजार पटक पृथ्वीमा ठोक्किने सम्भावना हुने गर्दछन्। यी एस्टेरोयड प्रायः वायु मण्डलमा आउनासाथ जल्ने गर्दछन् । यसबाट ठूलो नोक्सान नहुने पनि बताइएको समाचारमा उल्लेख छ। यो एस्टेरोयड खस्नेबेला नेपाल भारत लगायतका केही मुलुकमा दिउसोको समय हुने छ । प्रकाशका कारण खुला आँखाले देख्न समस्या हुनसक्ने खगोलशास्त्रीले बताएका छन्। यहि हप्ता आकाशमा देखिनसक्ने यो घटनाक्रमबारे टेलिस्किोपबाट हेर्न सकिने अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।