व्लगः बिरामीको घाउसंगै मनमा पनि मलम पट्टी गर्न सक्ने नर्स वन्ने इच्छा

हाम्रो सन्देश संवाददाता

आमा, जब म राति सुत्ने तरखर गर्दै थिंए, मेरी आमा टिभी हेर्दै मलाई किचकिच गर्दै हुनुहुन्थ्यो, कान्छी झुल हालेर मात्रै सुत तर म अझै अटेर गर्दै पल्टेर मोबाइल चलाउंदै थिंए। अत्ति नै अटेर गरेपछि मेरी आमा आफैंले झुल हालिदिनुभयो। सायद यहि नै हो आमाले आफ्नो सन्तान प्रति दर्शाउने प्रेम।म भने आफ्नो मनमा अनेकौं कुराहरु खेलाउंदै बसिरहेको थिंए।

कति मनमा लागेका कुराहरु आफ्नो डाएरिमा टिप्ने बानी जो थियो मेरो। म एक ग्रामीण भेगमै जन्मिएर निमाबि स्तर सम्मको अध्ययन गाउँतिरै गरेर बाँकी अध्ययनको लागि काठमाडौ गएकी हुँ। कोरोनाको महामारीको कारण छुट्टी भएर घर आएको बेला मेरो भेट सुमार्गी हुमागांई दाईसंग भएको थियो । त्यसबखत उहाँले भन्नुभयो कि तिमी त पहिल्यै देखि पढाइमा तगडा थियौ नि के गर्दै छौ अचेल ? बल्ल पो म झगङ्ग भएर आफ्नो बिगतका दिनहरु सम्झिन पुगें साच्चै नै सबैको आंखाकी नानी थिंए म।

कोरोना भाइरसले बिश्वभर आतङ्क मच्चाउंदा भएको यो लकडाउनको समयमा पनि घर बस्दा बस्दा दिक्क लागेर घरबाट माथितिर गएको थिए । जुन बाटोमा मैले प्राथमिक शिक्षा आर्जन गरेको अमर सिंह प्राथमिक बिधालय थियो । जसले मेरो सम्पुर्ण बाल्यकालका सुनौला दिनहरु आँखा अगाडि ल्याइदियो। सधैं नै प्रथम हुने भएको कारण पनि सम्पुर्ण आफन्तदेखि गुरु, गुरुमाको प्यारो थिंए ।

त्यतिमात्रै नभएर बिधालय स्तरिय होस् वा अन्तर बिधालय स्तरको जुनसुकै प्रतियोगिता भए पनि सधैंजसो छनौटमा म नै परेको हुन्थें र सधै जितेर पनि आउथें जुनदिनहरु सम्झिंदा आजपनी खुसीले मन फुरुङ्ग हुन्छ। हालै म पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान अन्तर्गत ललितपुर नर्सिङ्ग क्याम्पसमा नर्सिङ्ग पढ्दैछु। नर्सिङ्ग करियर छनौट गर्नुको धेरैको एउटै कारण हुन्छ सेतो एप्रोन लगाएर बिरामीलाई आवश्यक अनुसारका औषधि दिने । आहा हेर्दै कस्तो स्ट्यान्डर्ड जब तर, जब म आफू नै यो करियर रोजेर आएं बल्ल पो बास्तबिकता थाह पाएं ।

सुनिने शब्दहरु सधैं नराम्रो नै हुन्छ भन्ने होइन तर धेरै जसो त नराम्रो नै सुनिने। कति बिरामीहरुले तथा उनिहरुको कुरुवाहरुले गर्ने अभद्र ब्यवहारले मन नै अमिलो हुन्छ। मेरो भनाइ नकारात्मक मात्रै नबुझियोस । कति बुझ्ने ब्यक्ति पनि हुन्छन् जस्ले सांच्चिनै नर्सिङलाई बुझ्नुभएको छ । उहाँहरुको ब्यवहारले आफू नर्स हुं भनेर गर्व गरिएको दिनहरु पनि छन् । यो कोरोनाको महामारी जस्तो जटिल समयमा पनि नर्स, डक्टरहरु तथा अन्य स्वस्थ्यकर्मीहरु आफ्नो ज्यानको ख्याल नगरी दिनहुँ बिरामीको लागि भनेर नै लडिरहेका छन् ।

साच्चै नै सर्बसाधारण ब्यक्तिहरुले यी सबै कुराहरु बुझ्लान त ? फेसबूक, इन्टाग्राम तथा अन्य सोसल साइटहरुमा नर्स, डक्टरहरुको धेरै नै गुणगान गाइरहेको देखिन्छ । तर के सांच्चै नै हामीलाई गरिने ब्यवहारमा परिवर्तन होला त ? धेरै सुन्नमा आउने कुरा नर्सहरु धेरै रिसाउछन भन्ने नै हुन्छ । अरु कुनै प्रोफेसनका मान्छेहरु रिसाएको देख्दैनन् र ? रिस भन्ने कुरा त मान्छेको बानिमा भर पर्ने कुरा हो भन्ने लाग्छ तर किन सिङ्गो प्रोफेसनलाई दोष दिइन्छ ।

जे जस्तो भएपनी मलाई फेरि पनि त्यही बचपनको जस्तै सबैको आंखाकी नानी बन्न मन छ एउटा जिम्मेवार नागरिक जस्मा म बिरामी मानिसहरुको शरिरको घाउ साथै मनको घाउहरुमा मलम पट्टि गर्न सकुं । हरेक बिरामी र तिनका आफन्तले नर्सको व्यावहारले गर्दा आधार रोग निको हुन्छ । हामिले जस्तो सुकै समस्यामा पनि त्यही गरेका हुन्छौ । तर, बिरामीलाई त्या आभास दिन सकेका हुँदैनौ । अव उपचारसंगै रोगको चिन्ताबाट मुक्त गराउन हाम्रो ध्यान जानुपर्छ भन्ने कुरा पनि सिक्यौ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।