‘लकडाउन’मा फिटनेस रहन योग र व्यायाम गर्दै केकी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरससँगको लडाइँमा विश्वका थुप्रै देशहरूले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घरबाट नै अफिसका सम्पूर्ण काम गर्न आग्रह गरेको छ ।

त्यस्तै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गरेर नायिका केकी अधिकारी घरमै विभिन्न काम गर्दै समय बिताइरहेकी छिन् । यस्तै उनले केही दिन पहिले उनले फेसबुक लाइभ मार्फत आफू घरमा बसेर घरको वातावरणलाई झन् नजिकबाट बुझ्ने मौका पाएको र भान्छाको काम पनि सिकेको बताइन्।उनले मानव जातिको प्रकृति नै जस्तोसुकै अवस्थामा पनि बाँच्न सक्ने भएकाले धैर्यताले बस्न अनुरोध गरेकी थिइन् ।

सामाजिक सञ्जालमा सक्रिय नायिका केकी अधिकारीले शरीर फिटनेस राख्नको लागी योग गरेका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन् । लकडाउनको ३३औँ दिनको ह्यासट्याग दिँदै उनले तस्बिरहरू सार्वजनिक गरेकी छिन् ।

तस्विर स्रोतः केकी अधिकारी फेसबुकबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।