लकडाउनमा अलपत्र परेकालाई उदयपुरतर्फ लिएर जाँदै गरेको बस दु’र्घटना: १ को मृ’त्यु

हाम्रो सन्देश संवाददाता

बर्दिबास, १३ बैशाख ।

महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घा’इते भएका छन्। लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दु’र्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए।

बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घट’नास्थलमा ज्यान गएको इन्स्पेक्टर साहले बताए। मृतक विश्वकर्माको घर दोलखाको तामाकोसी –२ मा पर्छ। दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस आज बिहान चार बजे दु’र्घटनामा परेको हो। दुर्घटना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ।
विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर पल्टिएको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।

बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाण्डौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो। गाउँ नजिकै बस दुर्घटना परेको खबर पाएर पुगेका गाउँलेहरुले बसका यात्रुहरुलाई उद्धार गरेका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।