कोरोना रोएर जान्‍न , बरू धोएर जान्छ भन्दै आस्था आइन्

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठलाई तथानाम गाली गरेर विबादमा तानिएकी गायिका आस्था राउतले फेसबुकमा कोरोना भाइरसबारे कविता लेखेर सचेतना फैलाउने प्रयास गरेकी छिन् । भ्वाइस अफ नेपालकी जज समेत भएकी उनले घरबाटै उनी कोरोना भाइरसको संक्रमणबाट बच्‍ने उपायबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै आएकी छन्।

उनले पछिल्लो समय गिती एल्बम ‘आधार–२’ बजारमा ल्याएकी आस्था यतिबेला लकडाउनका कारण घर मानै समय बिताएक िछिन् । उनले घर मानै बसेर कविता बाट जनचेतना फैलाएकी छिन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी महिला प्रहरी माथी खनिएकी आस्थाले कोरोनाबा बच्नका लागि कविता लेखेर सचेतना फैलाउने भन्दै कविता लेखेकी छिन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।