प्रधानमन्त्री ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने भएका छन् । प्रधानमन्त्री ओलीले पार्टी भित्रकै दबाबपछि अध्यादेश फिर्ता लिन लागेका हुन्।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को १ ख मा अध्यादेशबाट आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिनुको विकल्प नभएका बताएका थिए।

वैशाख ८ गते सरकारले ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश जारी गरेको थियो। त्यस्तै संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान सहितको अर्को अध्यादेश समेत जारी गरेको थियो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।