ओलि सरकारले ८० करोड राहत कहाँ- कहाँ बाड्यो प्रमाण सहित मिडियामा देखाउ : ज्वाला संग्रौला

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० बैशाख ।

प्रवासबाट लेखिका तथा अभियान्ता ज्वाला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलि सरकारले ८० करोड राहत कहाँ-कहाँ वितरण भयो प्रमाण सहित मिडियामा देखाउन सरकारलाई चुनौती दिएकी छिन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले येस्तो भनेकी छिन् उनको स्टाटस जस्ताको तेस्तै – ‘केपी ओलीको ८० करोडको राहत बितरण कस्ले र कहाँ पायो? प्रमाण सहित मिडियामा देखाउ ! बिलपनि देखाउ ! गरिब कोरोनाले भन्दा नि भोकले मर्न थालिसके, सत्ताका गुलामहरु अझै कति झुठ बोल्छौ? ‘

उनले प्रधानमन्त्रीले भनेको कुरामा विश्वास गर्ने कुनै ठोस आधार नभएको र समस्यामा परेका नागरिकले अझै राहत नपाएको तर्फ इङगित गरेकी छिन् ।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका थिए । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्यनजर गर्दै सरकारले ८० करोड बराबरको राहत वितरण गरिसकेको जानकारी गराएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।