लकडाउनको बेलामा घर हीडेका ३९ जना सवार बस रामेछापमा दु’र्घटनाग्रस्त, १ दर्जन घा’इते

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१० वैशाख ।

बस दु’र्घटना हुँदा १२ जना घा’इते भएका छन् । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दु’र्घटनाग्रस्त भएको हो । दु’र्घटनामा झण्डै १ दर्जन घा’इते भएको बताइएको छ । मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको बताइएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

अपडेट : नेपालमा फेरि अर्का कोरोना संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितहरुको संख्या ४१ पुगेको छ । उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ भएको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गर्नुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको हो । नेपालमा अहिलेसम्म ५ जनाले कोरोनालाई हराएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।