ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१० वैशाख ।

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । आज उनलाई प्रहरीले पक्राउ गरेको हो । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ । शाही ललितपुरको सुनाकोठीबाटबाट मंगलबार पक्राउ परेका हुन् । सरकारले व्यक्तिगत रुपमा राहत वितरण गर्न नपाउँने बताए पनि शाहीसहितको समुह केही दिनदेखि राहत वितरणमा व्यस्त थियो ।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिनुभयो । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्ला केही दिनहरुमा उनले विभिन्न अन्तरवार्ताहरुमा नेकपा नेताहरुको चर्को आलोचना गर्दै आएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।