आज मात्रै ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ वैशाख ।

उदयपुरबाट ल्याइएको नमुना परीक्षणको नतिजामा एक पछि अर्को गर्दै कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिन थालिएको छ । नेपालमा आज मात्रै ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

भिडियो हेर्नुस

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।