नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

हाम्रो सन्देश संवाददाता

बाग्लुङ ,९ वैशाख ।

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएसंगै सक्रमितको संख्या ३२ पुगेको हो ।

मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहीँ मध्ये आज एकजना कोरोना संक्रमण देखिएको हो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।