फोटो फिरिममा मेल भर्जन सुनिल लिम्बुको स्वरमा भिडियो सार्बजनिक (भिडियो हेर्नुस)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

शिशिर भण्डारीको शव्द, सँगीत तथा अभिनय रहेको गीत फोटो फिरिममालाई अत्याधिक रुचाईएको छ । रचना रिमालको सुमधुर आवाज रहेको गीतलाई हालसम्म युट्युबमा १७ लाख माथिले हेरिसकेका छन् । गीतमा ७४ हजार माथिले लाईक गरेका छन् । गीतलाई हजारौं राम्रा कमेन्टहरु आएका छन्, जसमध्ये सत प्रतिशत राम्रो छ । सोही गीत लाई मेल भर्जन “सुनिल लिम्बुको” स्वरमा आज फिल्मी टि भि बाट सार्बजनिक भएको छ ।

कमेन्टमा शिशिरको शव्द, सँगीत र रचनाको आवाजको बिशेष तारिफ भैरहेको छ । महिला आवाजमा फोटो फिरिममा गीत सुनेकाहरुले गीतलाई मन पराउँदै पुरुष आवाजको गीतको पनि माग गरेका छन् । शिशिरले पुरुष आवाजमा पनि गीत छिट्टै ल्याउने बताएका छन् । टिकटकमा ५० हजार माथि टिकटक भिडियो बनेका छन्,

(भिडियो हेर्नुस)

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।