आज ९ बैशाख २०७७ मंगलबार, श्री पाथिभरा माताको दर्शन गरि आज काे राशीफल हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

मेष

स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनावस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । रोजगारीका अवसरहरु बन्द हुनेछन् । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष

आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन

माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबीच बिश्वास बढेर जानेछ । व्यापारमा मन्दि आउँने तथा घाटा हुनेछ । कृषी तथा पशुपालन व्यावसायमा लगानी गरि आगामी दिनमा आम्दानी बढाउँन सकिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट

गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह
पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदि बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाइ सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।

कन्या

आवस्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुदा मन प्रशन्न हुनेछ । परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । औैषधीजन्य र खाद्यान्को व्यवसायबाट लाभ लिन सकनेछ भने अन्य व्यवसायबाट घाटा लाग्नेछ । अध्ययनमा मन जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला

माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाइको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक

सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । खानपिन तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

धनु

घर परिवार तथा आफन्तहरुमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर

समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरि अध्ययन गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा भने मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ

बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन

आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसायमा मन्दि आउनेछ । नीति नियम तथा कानुनको पालन गर्नुहोला । पढाइ लेखाइ तथा प्रतिस्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।