मस्जिदमा लुकेर बसेका जमातीको सूचना दिने हिन्दुमाथि आ’क्रमण, ८ जना ग’म्भीर।

हाम्रो सन्देश संवाददाता

पर्सा , ८ वैशाख ।

मस्जिदमा जमातीहरू लुकेर बसेको सूचना प्रहरीलाई दिने हि’न्दुमाथि आ’क्रमण भएको छ। बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा रहेको मस्जिदमा जमातीहरू लुकेर बसेको सूचना प्रहरीलाई दिनेहरुमाथि शनिबार साझ आ’क्रमण भएको हो। आ’क्रमणमा १५ जना भन्दाबढी घाइते भएको स्थानियहरुले बताएका छन्।

जस मध्ये ८ जना ग’म्भीर घा’इते भएका छन्। ग’म्भीर घा’इते हुनेमा फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी रहेका छन्।
स्थानीयहरूले दिएको जानकारी अनुसार वडासदस्य फकरुद्धिन अहमद देवानको नेतृत्वमा मौजेटोलमा रहेको मस्जिदबाट शनिबार बेलुकी केही व्यक्तिले स्थानीयहरूको घरमा ढुङगा, इँटा प्र’हार गरेका थिए।

मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै स्थानीय हि’न्दूहरूले प्रहरीलाई खबर गरे पछि मस्जिदबाट र मस्जिद छेउछाउमा रहेका मुस्लिमहरूको घरबाट सबै जना निस्केर ढुङगा, इँटा हा’न्न थालेपछि स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा अध्यक्ष रवि गुप्ताले बताए।

झडपमा घा’इते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने ‘मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु जाँदा ढुङगाले हा’न्न थालिएपछि झडप भएको हो। झ’डपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो।

प्रहरीले झ’डपमा संलग्न रहेको आ’रोपमा स्थानीय नसुरलाह मियाँ सहित पांच जनालाई नियन्त्रणमा लिएको छ। पांच जनालाइ नियन्त्रणमा लिएका छौं, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भनिन। यस विषयमा अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन्। वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सदभाव बिथोल्ने नियत राखेका केही व्यक्तिका कारण दुःखद् घ’टना हुन पुगेको बताए।

मस्जिदमा बाहिरका केही जमातीहरू आएको र उनीहरू ओहर दोहर गरि रहेको थाहा पाए पछि प्रहरीलाई खबर गरेका हौं। हामीले पहिल्यै प्रहरी बोलाएर मस्जिदमा खानतलासी गर्न भनेका थियौँ तर प्रहरीले ध्यान दिएन। उनले भने, तर सामाजिक सद्भाव बि’थोल्ने कुनियत राखेकाहरुका कारण घ’टना हुन पुग्यो।

विवाद के हो ?

विश्रामपुरको मौजेटोलमा रहेको मस्जिदमा सामुहिक नवाज पढ्ने विषय नै मुख्य वि’वाद हो। दुई सप्ताह पहिला शुक्रबारको नवाज पढ्न मस्जिदमा सामुहिक जम्मा भएका थिए। सरकारले को’रोना संक्रमण नियन्त्रण गर्न सामुहिक भेला वा जमघट नहुन प्र’तिबन्ध नै लगाएको छ।

तर मौजेटोलका मुस्लिम समुदायले अटेरी गरेर लकडाउन र सरकारको निर्देशनलाई उलंघन गर्दै मस्जिदमा सामुहिक भेला भई नवाज पढ्ने तयारीमा जुटेका थिए। लगतै बहुअर्वाभाट्टाबाट गएको प्रहरी टोलीले मस्जिदमा भएको सामुहिक भेला रोकेका थिए।

यसरी सामुहिक भेला भई नवाज नपढ्न चे’तावनी दिदै उनीहरुलाई बाहिर निकालेर प्रहरीले मस्जिद खाली गराएको थियो। हि’न्दु समुदायले नै सुराकी गरेर मस्जिदमा भेला हुन नदिएको निहुँमा मुस्लिम समुदायले मनमा क्रो’ध राखेका थिए। यसको विषयमा बारम्बार समान्य वि’वाद पनि हुदै आएको थियो।

घा’इते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने, मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु आग्रह गर्दा उल्टै निहुँ खोजेर ढुङगाले हा’न्न थालिएपछि झडप भएको बताए।

स्थानिय अनुसार मस्जिदमा विभिन्न ठाउँबाट आएको व्यक्तिहरु सामुहिक भेला भएर नवाज पढ्ने गरेका छन् जसले गर्दा एकबाट अर्कोमा गरी पुरै गाउँमै कोरोना सं’क्रमण फैलन सक्ने भएकोले यसरी भेला नहुन एक दुई पल्ट आग्रह पनि गरिएको थियो। तर मुस्लिम समुदायले मानेन्, गत शुक्रबार पनि मस्जिदमा सामुहिक भेला भएपछि प्रहरीले पुन छा’पामारी समेत गरेको थियो।

हि’न्दु समुदायले नै मस्जिदमा छा’पामारी गर्न लगाएको निहुँ खोजेर शनिबार बेलुकी एक्कासी वि’वाद खडा गरेर हि’न्दुमाथि आ’क्रमण गरेका थिए। मौजेटोलमा मस्जिद आसपास करिब २ सय मुस्लिम समुदायको घर छ। त्यहाँ ५० घर मात्र हि’न्दु परिवारको छ। नेपाल पानाबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।