एक मजदुरको होटल मालिकलाई भाबुक प्रत्र

हाम्रो सन्देश संवाददाता

आदर्णिय पर्यटन होटल मालिकहरुमा नमस्कार

म होटलमा काम गर्ने एक मजदुर हु,तपाईंहरू मध्य कति ले चिन्नुहुन्छ या चिन्नुहुन्न तर जरुरी पनि छैन हामि होटल मजदुरहरु सबै बिश्वब्यापी कोरोना को कारणले घर र कोठामा सरकारले गरेको निर्णयको लकडाउमा नजरबन्दमा छौ ।

आशा थियो तपाईं मालिकहरु पनि सरकारको निर्णयलाई मानेर त्यसरी रहनु भएको होला तर कुरा तेसो होईन रहेछ तपाईंहरू राज्यसंग अतिआबश्यको पास लिएर खुल्ला बाटोमा २ / ४ करोडको गाडि चढेर कहिले कुन होटलमा कहिले कुन होटलमा राज्यलाई र आफ्ना मजदुरका बिरुदमा मिटिङमा दौडधुप गरेको देख्दा लाग्छ तपाहरुले कोरोनालाई जितेर सफल हुनुभयो या कोरोना तपाईंहरू छेउ आईपुग्दैन किन कि तपाईंहरू संग फेरि फेरि चढ्न २/ ४करोडको गाडि ,आलिसान महल ,र अरबौकोको ब्यासाय अनि राज्य र कानुनले कहि नछुनेलाई जाबो कोरोना , साच्ची तपाईहरुको छाता संगठन( HAN)को दुईचार वटा सर्कुलरले पनि त्यस तै भावको कुरा गरेको थियो क्यारे !

कहिले काहीँ तपाईंहरू लाई देख्दा साहै माया लाग्छ एकपाटो सोच्छु तपाईहरु राज्यलाई तर्साएर र आफ्ना मजदुरलाई छक्काएर के गर्दै हुन्छ ? अर्को पाटो सोच्छु कडाउनमा तपाईहरुको दौडधुपले पर्यटन क्षेत्रको होटल हरुमा के हुँदै छ ? कि बन्द कसरी गर्ने या मजदुर कटौती कसरी गर्ने या सेवासुबिधा के गर्ने ? यति कुरा तपाईहरुले यहि बेलालाई अबसरको रुपमा लिन खोजेको हो कि मैले बुझिन ? आजको यो संकटमा तपाईहरुका मजदुरहरु कहाँ छन ? के खादै छन ? कोठा भाडा ,खाना खान पाएका छन या छैनन कतै संकटमा पो छन कि ? बिरामि पो परेकि या मरे तपाहरु मालिकहरु कतिले फोन गर्नु भो डाटा राख्नु भो ? समयले यसको जवाफ माग्छ । म एक सामान्य मजदुर १७ बर्ष काम गरेकोले त यो ब्यावसाय चिनिसके म भन्दा धेरै काम गर्ने अग्रजले त झन राम्रो संग चिन्नुभएको छ ।

तपाईंहरूले राज्यलाई झुक्याए पनि हामिलाई झुक्काउन अलि गाहो होला । लाग्छ यो बेला तपाईंहरको नियत छैन तपाईंहरूभित्र मानवता हराएको छ कि ? या तपाइँहरूभित्र धर्म हराएको छ ? मैले चिन्न सकिन या तपाईहरुले नै भन्नू भएको १०लाख मजदुरले चिनेनन , बिगतका रिसीवी वा तिक्तलाई साधेर अहिले उपयोग गर्ने नीति हो भने त्यो भन्दा निच र कायरता बाहेक अरु केही होईन ।

तपाईंहरूले हिजो समाजिक सुरक्षा कोषमा जान मजदुरहरुले अप्ठ्यारोमा पारे भन्नू भो कसरी ? हामीले भनौ सामाजिकसुरक्षा कोष मजदुर आन्दोलन बाट स्थापित मुद्दा हो हामी किन नमान्ने कुरा यसो हो सामाजिक सुरक्षा कोष या श्रम ऐन २०७४,या दुबैको नियामावलि अनुसार मजदुरले खाईपाई आएको सेवा सुबिधा सुनिश्चितता हुनु पर्यो २०७६ साउन भन्दा अगाडिको हर हिसाब फोरफारक गर्नु पर्यो हाम्रो संचयकोष के गर्ने ? ऐनभन्दा बढि भएको सेवा सुबिधा कसरी मिलाउने ? हाम्रा कुरालाई नसुनेर तपाईंहरू कहिले मन्त्री ,कहिले मन्त्रालय ,कहिले कता कहिले कता लाग्नु भो हाम्रो पैसामा आजसम्म खेल्नु भो अझै तपाईहरु मजदुरले रोके भन्नुहुन्छ ?

यसै पत्र माफत हामी सबैले के जानकारी गराउछु मालिकहरु मेरो एति करोड उति करोड मजदुरलाइ दिनु छ भनेर रुवाबासि गरेर हिडेको देख्दा दया लाग्छ हामीले आज नै यो पैसा मागेकै छैन मात्र भनेका छौ हाम्रो पैसा कसरी सुनिश्चितता गरेर राख्ने ? त्यसमा छलफल गरौ तर तपाईहरु आज रातारात मजदुर नभएको बेलामा सामाजिक सुरक्षा कोषमा चोर बाटो प्रयोग गरेर राज्यले संन्चित गरेर राखेको करौडौ रकम कुम्ल्याउन बन्द कोठाभित्र बसेर दर्ता गर्दै हुनुहुछ तपाईंहरू दर्ता मात्र गर्नुहुन्छ कि मजदुरको पैसा नि हाल्दिनु हुन्छ मालिक साबहरु । अरु कुरा मरेनौ भने अबश्य गरौला तपाईंहरू राज्यको कानुन भन्दा माथि हुनुहुन्छ राज्य तपाईंहरू संग निर्हिय छ मजदुर त तपाइहरुको रैति हुन मजदुर बिना तपाईंहरूको आलिसान महल गाडि र ब्यावसाय राम्रोसंग चलोस तपाईहरुलाई शुभकामना !
मजदुर : कमल घिमिरे
नुवाकोट ,ककनी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।