थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर पठाइयो

हाम्रो सन्देश संवाददाता

वैशाख,६ काठमाडौँ ।

थानकोटमा रोकि राखिएका सर्वसाधारणलाई बस चढाएर आआफ्नो गन्तव्यतर्फ पठाइएको छ । प्रधानमन्त्रीको निर्देशनपछि उनीहरुलाई शुक्रबार त्यहाँ रोकिएको थियो ।

शुक्रबार मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल हिँडेर बाहिर जान नदिन भनेका थिए । कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

हिँडेर गाउँ जान लागेका उनीहरुलाई चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा शनिबार थानकोटमा रोकिएको थियो । करिब तीन सयको संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो । थानकोटामा रोकिएका उनीहरु पनि समस्यामा परेको भन्दै आफ्नो गाउँ जान माग गरेका थिए ।

उनीहरुलाई साँझपख बस चढाएर पठाइएको छ । चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको बताइएको छ । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइने उक्त नगरपालिकाले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।