ईमेज टेलिभिजनकी प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कु’टपिट

हाम्रो सन्देश संवाददाता

वैशाख,६ काठमाडौँ ।

ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ। शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कु’टपिट गरेका हुन्।

ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कु’टपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि सुसनलाई प्रहरी बोलाएर आवश्यक कारबाहीका लागि पठाएको हुमागाईले बताए।

घा’इते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको गृष्माले प्रहरीलाई बताएकी छन्। थप अनुसन्धानका लागि ईमेज टेलिभिजनमा प्रहरी टोली पठाइएको महाराजगन्ज प्रहरी वृत्तले जनाएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।