रास्ट्रपति ट्रम्पले कोरोनाको औसधि बनिसकेको दाबी

हाम्रो सन्देश संवाददाता

वैशाख,६ काठमाडौँ ।

अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकाहरुको उपचारका लागि औषधिको खोजी भइरहेको छ ।

केही औषधिको नाममा चिकित्सक, वैज्ञानिक, औषधि विज्ञहरुले अनुसन्धान तथा बहस गरिरहेका छन् । त्यस्ता औषधिमध्ये सबभन्दा बढी सुनिएको नाम हो, ‘हाइड्रोक्सिक्लोरोक्वीन (एचसीक्यू)’ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एचसीक्यूले अद्भूत काम गर्ने ठोकुवा गरेपछि यसले झन् बढी चर्चा पाएको हो। ट्रम्पले यसबारे फ्रान्सेली चिकित्सक टोलीले अध्ययन गरेको बताउँदै यो औषधिको प्रशंसा गरेका थिए।

ट्रम्पले एउटा विज्ञान जर्नलमा प्रकाशित जुन लेखलाई आधार मानेर यो ठोकुवा गरेका थिए, अहिले त्यो लेखको अध्ययन र तथ्यमाथि नै प्रश्न उठिसकेको छ।

लेख प्रकाशित गरेको इन्टरनेसनल सोसाइटी अफ एन्टीमाइक्रोबियल किमोथेरापी (आईजेएए)ले एक विज्ञप्ती प्रकाशित गरी प्रकाशित लेखले सोसाइटीको मापदण्ड पुरा नगरेको उल्लेख गरेको छ।

विश्वको औषधिबजार अहिले एचसीक्यूको प्रयोग गर्न हुनेरनहुने भनेर तातेको बेला नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन। नेपालमा पनि यसको प्रयोग गर्न हुन्छ वा हुन्न भन्नेमा चिकित्सक समाज विभाजित छ।

केही साताअघि चीन सरकारले सहयोग गरेको औषधीको सूचीमा ४०० बाकस ‘क्लोरोक्विन’ पनि थियो।

यस्तै, नेपाली औषधि उत्पादक कम्पनी देउराली जनताले सरकारलाई यसको १ लाख ट्याब्लेट सहयोग पनि दिइसकेको छ भने भारत सरकारले पनि १० लाख ट्याब्लेट सहयोग गर्ने घोषणा गरेको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।