विभिन्न ठाउँबाट पैदल हिडेर घर फर्किरहेका मजदुरहरु लाई सरकारले घर जान नदिनु सहि कि गलत?

हाम्रो सन्देश संवाददाता

काठमाडौं,६ बैशाख ।

सरकारले लकडाउनको समयमा पैदल हिड्दै गाउँ फर्किनेहरुको विषयमा हिजो शुक्रबार छलफल गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका यससम्बन्धमा मन्त्रीहरु संग छलफल गरेका हुन् ।

सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ ? भन्ने विषयमा गरेको छलफलले बाटोमा हिडिरहेका पैदल यात्रुहरुलाई हिड्न नदिन प्रधानमन्त्री ओलिले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास वालुवटारमा मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति, सीसीएमसीका सदस्यहरूको सहभागितामा बसेको बैठकमा ओलिले लकडाउनलाई थप कडाइ गराउन निर्देशन दिएका छन ।

उक्त बैठकमा ओलीले अति आवश्यक सेवा बाहेकका सबै आवातजावत बन्द गर्न निर्देशन दिदै खान नपाएर गाउँ हिंडेकाहरुको हकमा खाद्यान्नको व्यवस्था गर्नु तर हिंडरै कसैलाई पनि गाउँ जान नदिनु भनी निर्देशन दिए ।

सो निर्णय पछि प्रधानमन्त्री ओलि र संयुक्त रुपमा सरकारको बिरोध र आलोचनासमेत भएको छ। लकडाउनको बेला सरकारले अलपत्रपरेका नागरिकहरु लाई सुरक्षीत साथ उनिहरुको घर सम्म पुर्याउने ब्यवस्था गर्नुपर्ने भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको छ।

यो निर्णय सहि कि गलत ?भन्नेबारे दुई मत देखिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारले अलपत्र परेका नागरिकहरु लाई उद्घार नगरेको गुनासो पोखेका छन् ।

सञ्जालमा सो विषयलाई लिएर टिकाटिप्पणी गरिरहेका छन् । अलपत्र नागरिकलाई उद्धार गर्नु राज्यको दायित्व हो तर पनि यो महासंकटको बेला भने खाना बस्नको ब्यवस्था सहित क्वारेन्टाइनमा राख्नु उचित भएको कतिपयले सुझाव दिएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।