रुख ढलेर घर च्याप्दा श्रीमानको मृ’त्यु श्रीमती घाईते, श’व ३ दिनपछि निकालियो

हाम्रो सन्देश संवाददाता

बैशाख ५, दाङ ।

दाङको बबई गाउपालिका ०१ गङ्गटेमा रुख ढलेर घर च्यापिदा एकजनाको घटनास्थलमा नै मृ’त्यु भयो भने एकजना घाइते भए । मिति २०७६ चैत ९ गते बर्षात संगै आएको हावाहुरीले घर नजिकै रहेको रुख ढलेर घर च्यापिदा घरभित्र खाना खादै गरेका वृद्ध दम्पतीलाई घरले पुर्यो । पुरिएर ७२ वर्षीय वृद्ध दल बहादुर परियारको घटनास्थलमै मृत्यु भयो भने उनकी श्रीमती ५८ वर्षीया झुपी परियार घाइते हुनुभएको छ । मृतक दल बहादुर परियारको शब करिव ३ दिन पछि पुरिएको ठाउबाट निकालेर दाहसंस्कार गरिएको थियो । घाइते भएकी झुपी परियारको खुट्टा भाचिएको छ तर घरको आर्थिक अबस्था एकदमै कमजोर भएको र साथसाथै देश लकडाउनमा भएका कारण पनि उहाँको उपाचार गर्न गाह्रो भएको उहाँका छोराले बताउनु भएको छ । यति ठूलो घटना भएपनी पनि कमजोर आर्थिक अबस्थाका कारण उपचार गर्न नसकेको पीडा पिडित झुपी परियार र उहाँको परिवारले यसरी व्यक्त गरेका छन ।

हेर्नुहोस भिडियोमा

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।