र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका युवालाई बोक्न नमान्ने एम्बुलेन्स चालक श्रेष्ठ प’क्राउ

हाम्रो सन्देश संवाददाता

वैशाख,५ धादिङ ।

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना भाइरस (कोभिड १९) संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएका युवालाई बोक्न नमानेर फरार भएका एम्बुलेन्स चालक प’क्राउ परेका छन् । ज्वालामुखी गाउँपालिकाका युवाको र्‍यापिड टेस्टकका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकाले वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीको एम्बुलेन्समा सदरमुकामस्थित आइसोलेसनमा पुर्‍याउने तयारी गरेको थियो ।

अन्तिम समयमा एम्बुलेन्स चालक किशन श्रेष्ठ भने सम्पर्कविहीन भएका थिए । एम्बुलेन्स चालक श्रेष्ठ सम्पर्कविहीन भएपछि कोरोना संक्रमणको संकेत देखिएका युवक गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल आफैं चलाएर जिल्ला सदरमुकाम धादिङ बेसीस्थित कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० रुपक खड्काले कोरोना संक्रमणको संकेत देखिएका युवकलाई बोक्न नमान्ने एम्बुलेन्स चालक श्रेष्ठलाई पक्राउ गरिएको पुष्टि गरे ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।