गायिका कनिका कपुरको छैटौं कोरोना टेस्ट रिपोर्ट नेगेटिभ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्ट भने नेगेटिभ आएको छ ।पाँच पटकको कोरोना टेष्टमा पोजिटिभ आएपछि तनाबमा रहेकी कनिकाको छैटौं रिपोर्ट भने नेगेटिभ आएको हो । छैटौं टेष्टको रिपोर्टमा नेगेटिभ आएपछि कनिकाले खुशी व्यक्त गरेकी छिन । रिपोर्टमा नेगेटिभ आए पनि कनिका अस्पताल मै बस्नुपर्ने भएको छ ।

कनिकालाई अस्पतालले नेगेटिभ रिपोर्ट आएकोमा डिस्चार्ज गरेन । अझै एउटा टेष्ट गर्ने र उक्त टेष्टमा पनि नेगेटिभ रिपोर्ट आए मात्र डिस्चार्ज गर्ने अस्पतालले उल्लेख गरेको छ । उनले आफ्नो अघिल्ला रिपोर्टहरुमा पोजिटिभ आउँदा पत्याएकि थीइनन र बारम्बार टेष्ट गराईरहेकि थिईन ।

अहिले भने उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिका अझै दुई दिन सम्म अस्पताल मै बस्नुपर्ने जनाईएको छ ।

कोरोनाभाइरसका कारण भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म भारतमा कोरोनाबाट संक्रमित संख्यण ३ हजार नाघेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।